पाँच किलो चरेससहित एक पक्राउ



कञ्चनपुर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका ५७ वर्षीय रामबहादुर बोहरा पाँच किलो चरेससहित बिहीबार पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चरेससहित बोहरालाई पक्राउ गरेको हो । घर नजिकै झोलामा चरेस लुकाइछिपाइ लैजादै गरेका बेला रङ्गेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

पक्राउ परेका बोहरालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उहाँले बताउनुभयो । बोहरामाथि लागु औषध ऐन २०३३ अनुसार मुद्दा चलाइने प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्