काँग्रेस सभापति र बरिष्ठ नेता स्याङ्जा जाँदै



अमृत अर्याल, स्याङ्जा ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल स्याङ्जा जाने कार्यक्रम तय भएको छ । सभापति देउवा काँग्रेस नेता शिवकुमार अधिकारीको श्रदाञ्जली सभाका लागि र बरिष्ठ नेता कार्यकर्ता भेटघाटका लागि स्याङ्जा जाने तय भएको हो ।

सभापति देउवाले माघ ४ गते जिल्ला स्थित काँग्रेसको पाटी कार्यालयमा आयोजना हुने श्रदाञ्जली सभालाई सम्वोधन गर्नुहुनेछ भने बरिष्ठ नेता पौडेलले माघ ६ गते जिल्लाको वालिङ स्थित सिटीहलमा कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव कुमार रानाले जानकारी दिनुभयो । पार्टीका सभापति र बरिष्ठ नेता दुई दिनको फरकमा स्याङ्जा आउने कार्यक्रमलाई जिल्लाका कार्यकर्ताले एकताको सन्देशका रुपमा हेरिएको बताईएको छ ।

नेपाली काँग्रेसका नेता तथा प्रजातन्त्रका सेनानी अधिकारीको तिनहप्ता अगाडी निधन भएको थियो । अधिकारीको निधनमा बरिष्ठ नेता लगायत अन्य नेताहरु समवेदना दिन स्याङ्जा आएका थिए भने सभापति देउवा श्रदाञ्जली सभामा आउने कार्यक्रम तय भएको हो । प्रजातन्त्र प्राप्तीका लागि अधिकारीले गरेको त्याग महत्वपूर्ण मानिएको छ ।

तत्कालिन पञ्चायत विरुद्ध लड्न बम समेत बोकेका अधिकारीको निधनले प्रजातन्त्र प्राप्तीका लागि शरिर नै आहुती दिन पछि परेका थिएनन् । विपि कोइराला सगै राजनीतिक यात्रमा सहभागी भएका अधिकारीको निधनले एक सच्चा अभिभावक गुमाएको काँग्रेस नेता तथा महासमिति सदस्य खगेन्द्रराज रेग्मीले बताउनुभयो ।

अधिकारीको निधनमा पार्टीको झण्डा ओढाउन समेत परिवारजनले मानेका थिएनन् । राष्ट्र र पार्टीका लागि जिवन नै आहुती दिन तयार रहेका अधिकारीका परिवारले उहाँको निधनमा पनि झण्डा ओढाउन नदिदा काँग्रेसका कार्यकर्ताहरुले खल्लो महशुस गरेका थिए । यस बारेमा अहिले सम्म पार्टीले आधिकारीक विषय बाहिर ल्याएको छैन ।

नेपाली काँग्रेसको एतिहासिक महासमिति बैठक पछि कार्यकर्तालाई सम्वोधन गर्न बरिष्ठ नेता पौडेल पहिलो पटक स्याङ्जा आउन लागेको देखिन्छ । पौडेलले संगठन सुदृढिकरण गर्नु पर्ने अभियानका साथ स्याङ्जा आउने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ । माघ ६ गते वालिङमा सम्वोधन पछि बरिष्ठ नेता पौडेल पाल्पा जाने कार्यक्रम रहेको पार्टीका सचिव रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्