गाउँपालिका अध्यक्षको कार्यकक्षमा ४ दिनदेखि ताला



सलिम अन्सारी, प्युठान ।
झिमरुक गाउँपालिकामा ४ दिन अघि गरिएको तालावन्दी अझै खुलेको छैन। झिमरुक ८ को केन्द्र जनतालाई पायक पर्ने स्थानमा नतोकिएको भन्दै गाउपालिका अध्यक्ष तिलक बहादुर जिसीको कार्यकक्षमा तालाबन्दी गरिएको हो। गाउँपालिकाको बहुमतले लोकतान्त्रिक बिधिद्धारा चयन गर्दा गलत ठाउँमा तोकिएको भन्दै तालाबन्दी गरिएको हो ।

झिमरुक गाउँपालिका अर्थात साबिकको लिवाङ गाबिसको ३ वटा वार्ड र तुषाराको १ वार्ड मिलाई संघिय संरचना अनुसार बनाइएको झिमरुक गाउँपालिका वार्ड नं ८ बनेको हो ।

अहिले वार्ड कार्यलय साबिकको तुषारा गाबिसको वार्ड नं १ फुलबारी बगैचामा वार्ड केन्द्र तोएिक पछी लिवाङबासी आन्दोलित भएका हुन् । विहिवार करिब दुई सय जना भन्दा धेरै जनताहरुले बहुमत छ भन्दैमा अन्याय गर्न पाइदैन, जनताको मौलिक हकको कार्यान्वयन गर जस्ता नारावाजी गर्दै झिमरुक गाउँपालिका अध्यक्ष सामु ज्ञापन पत्र बुझाई सोही जनता जिल्ला प्रसाशन कार्यलय र जिल्ला समन्वय कार्यलयमा ज्ञापन पत्र बुझाउन पुगेका हुन् ।

संघर्ष समितिका संयोजक रेकम बहादुर महतरा र सचिब देवा गिरीद्धारा हस्तारक्षित ज्ञापन पत्रमा वार्ड कार्यलयको केन्द्रबिन्दु साबिकको लिवाङ गाबिस ७, ८ र ९ का जनताका समर्थनमा सिफारिस गरिएको स्थान झिमरुक गाउँपालिका ८ को टिमुरचौर काभ्रालाई व्यवस्था गरी ८ को फुलबारी भन्ने स्थानमा तोकिएको हुँदा जनबिरोधको पुर्न्बिचार गरी बहुसंख्यीक जनताको पायक पर्ने स्थान टिमुरचौर काभ्रा हुनु पर्ने उल्लेख गरिएको छ ।

सो ज्ञापन पत्रको साथमा जनबिरोधी निर्णयको बिरुद्धमा सञ्चालन गरिएको केन्द्रको बिरुद्धमा चालिएको हस्ताक्षर अभियानको प्रतिलिपी समेत बुझाएका थिए । गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले प्रमुख जिल्ला अधिकारीले रोकेर आफु कार्यालय नखोलेको बताए । उनले भने,–‘अध्यक्षको कार्यकक्ष नखोलेर सान्त हुन्छ भने मैले खोल्दैन् ।’ गाउँपालिकाको निर्णय अनुसार वडाको केन्द्र तोकेको उनले बताए । उनले भने,–‘एक थरीले आन्दोलन गर्दैमा वडा कार्यालयको स्थान फेरिदैन् ।’

गाउँपालिकाले कानुन, विधि प्रक्रिया अनुसार वडा कार्यालय तोकेको हो । हामीले यो निर्णय अस्विकार गर्दैनौ उनले भने,–‘अदालतले अस्विार गर्छ भने हाम्रो भन्नु केहि छैन् । आन्दोलनकारीलाई शान्तिपूर्वक आन्दोलन गर्न प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृले आग्रह गरेका छन।

झिमरुकमा भएको आन्दोलनको समाधान र अध्यक्षको कार्यकक्ष खुलाउन गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र राजनीतिक दल संग समन्वय गरिरहेको उनले बताए । १÷२ भित्र सर्वदलिय बैठक बसी सहमतीमा जाने , यदी जान नमाने कानुनी बाटो अपनाउने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्