ललितपुरमा चोरिएको मोटरसाइकल हेटौंडामा फेला



हेटौंडा ।
प्रहरीले मकवानपुरगढी गाउँपालिका–४ मा सवारी चेक गर्ने क्रममा बा. ६७ प ३६०१ (नम्बर परिवर्तित) को २२० सीसी रातो पल्सर मोटरसाइकल चेकिङ टोलीलाई देखेर चालकले फर्काए ।

चालकले करिब २ सय मिटर पर मोटरसाइकल छाडेर भागे । उक्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गर्दा रौतहटको जुडीबेला फुलबारी घर भएर हाल ललितपुर लेले–५ बस्ने वर्ष २२ का वीर्षबहादुर घलानको जेठ १६ गते ललितपुर–१४, विशाल चोकबाट राति १ बजे उक्त मोटरसाइकल हराएको खुल्यो ।

बा. ५७ प ४६९८ नम्बरको भनी खुल्न आएपछि मोटरसाइकलधनीलाई बिहीबार  आवश्यक कागजपत्रसहित प्रहरी कार्यालयमा बोलाएर बुझाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्