सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तीको तयारी



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रोजगार संयोजकका लागि आवेदन मागेको छ।
करारमा कर्मचारी भर्ना गरी काममा लगाउन रोजगार संयाजकको पदपूर्ति प्रक्रिया र सेवा सुविधा सम्वन्धमा व्यवस्था गर्न आवश्यक भएको जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ संयोजक नियुक्त गर्न लागेको हो।

रोजगार संयोजकको दरबन्दी भने अस्थायी हुनेछ। मन्त्रालयले रोजगार संयोजकलाई एक वर्षका लागि प्रदेशगत रुपमा खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्ति गरी स्थानीय तहमा खटाउने छ।

कम्तीमा स्नातक तह वा सोसरह उत्तिर्ण भएकाले आवेदन दिन सक्नेछन्। २१ वर्ष पुरा भई ४५ वर्ष नकटेका र कम्प्युटरसम्वन्धी ज्ञान भएकाले आवेदन गर्न सक्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्