पानी जहाज कार्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय, १६ कर्मचारीको दरबन्दी



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले भने, ‘यो चर्चित विषय छ। अब कागजको होइन साँच्चिकै नेपाली पानी जहाज कार्यालयको खोल्ने निर्णय भएको छ।’

मन्त्री बाँस्कोटाले संगठन संरचनासहित कार्यालय खोल्ने निर्णय भएको जानकारी दिए। एकजना रजिष्ट्रार रहनेगरी उनको मातहतमा १५ कर्मचारी रहने उनको भनाइ छ।
‘इन्जिनियरिङ सेवामा कार्यरत रजिष्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहनेगरी कार्यालय स्थापना गर्ने निर्णय भएको छ’, मन्त्री बाँस्कोटाले भने, ‘आशंका गरिएका धेरै कुरालाई यो कुराबाट प्रक्रिया अगाडि बढेको रुपमा बुझ्न चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्