करिनाले अर्को बच्चा जन्माए मलाइकाले देश छोड्ने



बलिउड नायिकाद्वय करिना कपुर खान र मलाइका अरोरा एक अर्काको राम्रा साथी हुन्। करिनाले नायक सेफ अलि खानसँग विवाह गरेपश्चात् छोरा तैमुर जन्माएकी छिन् भने मलाइका आफ्ना पति अरवाज खानसँग अलग भएकी छिन्।
दुई छोराछोरीको आमा रहेकी मलाइकाले हालै एक टेलिभिजन टक शोमा आफ्नो बेस्ट फ्रेन्ड करिनाको छोरा तैमुरलाई कुनै भाइ वा बहिनी नचाहिने बताएकी छिन्।

‘यदि करिना दोस्रो पटक गर्भवती भइन् भने म देश छोडिदिन्छुु’ ठट्टा गर्दै उनले टक शोमा भनेको यो कुराले कति प्रभाव पार्छ, तर आफैले दुई सन्तान जन्माएकी मलाइकाले करिनालाई दोस्रो बच्चा नजन्माउन दिएको संकेतले दर्शकहरू भने चकित भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्