एकल साँझमा गुन्जिए दीपक



गायक दीपक खरेलले एकल साँझमा गुन्जँदै भक्तपुरको चिसो मौसमलाई तताएका छन्।

भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल ब्यांक्वेटमा आयोजित एकल साँझमा गायक खरेलले यो कर्मभँमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाऊँ बोलको राष्ट्रियताले ओतप्रोत गीत गाउँदै कार्यक्रम आरम्भ गरेका थिए।

भक्तपुर सांगीतिक समाजले आयोजना गरेको दीपक खरेल साँझ २०७५ मा नेपाली संगीतका मेलोडी गायक खरेलले आप्mना लोकप्रिय र कालजयी गीतहरू गाएर दर्शकलाई मोहित तुल्याएका थिए। एकल साँझलाई अगाडि बढाउने क्रममा गायक खरेलले पँर्णिमाको रात पनि औंसीको झैं लाग्न थाल्यो, प्रतीक्षा गर मेरी मायालु, तिम्रो हर प्रश्नको जवाफ, ती आँखाहरूको उज्यालो मनपर्छ, बादल बनाइदेऊ, गरुँकी मीठो भँलजस्ता कालजयी गीत गाउँदा दर्शकले राम्रो साथ दिए।

कार्यक्रममा समाजका उपाध्यक्ष कपिल कसपालले मायाको चेक, श्रीहरि दाहालले जुनको उजेली, मानस राजले भाइरल भैदियो, अध्यक्ष शाहीले चिनेको छैन तिमीलाई र आज सबैसामु आएजस्ता आआप्mनै गीत सुनाएका थिए। गायक खरेलको एकल साँझमा लिजेन्ड ब्यान्डले प्रत्यक्ष संगीतमा साथ दिएको थियो भने कोरसमा स्थानीय कलाकारले साथ दिए।


गत वर्ष नारायणगोपाल स्मृति साँझ २०७४ को सफलताबाट उत्साहित समाजले यसपालि दीपक खरेलको एकल प्रस्तुति आयोजना गरेको हो। कार्यक्रममा गायक खरेललाई समाजका अध्यक्ष प्रवीण शाहीले सम्मान गरेका थिए भने गायक शम्भोचरण राजभण्डारी, सृजल मधिकर्मी तथा रोशन धौभडेलले दीपकको सम्मानमा बादल बनाइदेऊ गाएर सुनाएका थिए। कार्यक्रममा गीतकार चेतन कार्कीले गायक खरेल उमेरमा ६० कटे पनि अझै गायकीमा जवान रहेको चर्चा गरे।

समाजका अध्यक्ष प्रवीण शाहीले कार्यक्रमले भक्तपुरको मात्र नभई समस्त नेपाली संगीतको विकासमा टेवा पु¥याउने बताए। कार्यक्रमका प्रमुख संयोजक तथा समाजका सचिव अल्बर्ट वज्राचार्यले भविष्यमा हुने अरू कार्यक्रममा पनि निरन्तर सहयोग पाइरहने आशा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्