मालढुंगा दुर्घटना अपडेट: मृतकको संख्या ४, गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्दार गरिदै



काठमाडाैं ।  पर्वत पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुङ्गामा बस दुर्घटना हुदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन ।

घाइतेको संख्या ३४

म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ । अहिले सम्म घटनास्थलमा ३ जनाको मृत्यु भएको छ भने एक जनाको बागलुङ्ग अस्पतालमा मृत्यु भएको छ ।

अहिले सम्म ३४ जना गम्भीर घाइते भएका छन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्ठौ लैजाने तयारी भैरहेको छ । घटनास्थलमा उद्दार सकिएको र घाइतेहरुको बागलुङ्ग अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइते लाई थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्