ट्रेलरमा बुलबुल



रिलिजका लागि तयार हुँदै गरेको फिल्म बुलबुलले माघे संक्रान्तिको अवसर पारेर टे«लर सार्वजनिक गरेको छ। सार्वजनिक ट्रेलरले नायिका स्वस्तिमा खड्काको चरित्रमार्फत फिल्मको कथा भन्ने प्रयास गरेको छ।

सार्वजनिक टे«लरमा स्वस्तिमा खड्कासँगै नवअभिनेता मुकुन भुसाल र लक्ष्मी बर्देवाले पनि स्थान पाएका छन्। यसको ट्रेलरमा स्वस्तिमाले छाडा शब्द पनि बोलेकी छिन्। निर्देशक विनोद पौडेलले बजार र आप्mनो रुचि दुवैलाई मिलाएर ट्रेलर प्रस्तुत गरेको बताए। टे«लरमार्फत आफँले फिल्मको बनोट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको उनले बताए। ‘फिल्ममा हामीले मास र आर्ट दुवैलाई समेट्ने प्रयास गरेका छौं। ट्रेलर पनि यही बीचको बिन्दुमा बसेर आएको छ’, पौडेलले भने– ‘यो फिल्म जति रमाइलो छ, उत्तिकै गम्भीर पनि।’

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्कीलगायतका कलाकार मुख्य भँमिकामा छन्। सुसन प्रजापतिको छायांकन रहेको फिल्म विनोद पौडेलले लेखेका हुन्। पुरुषोत्तम पाण्डे, अबिरल थापा, भीम थापा र राजु पौडलद्वारा निर्मित फिल्म प्रेमदिवसको अवसर पारेर आगामी फागुन ३ गते अल नेपाल रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस्