पर्वतको कुस्मामा बस दुर्घटना, तीन जनाको मृत्यु



पर्वत  । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुङ्गामा बस दुर्घटना हुदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ठुलो संख्यामा यात्रु घाइते भएका छन ।

म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान साढे ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।

अहिले सम्म घटनास्थलमा ३ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या एकिन नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पर्वत र बागलुङ्गबाट खटिएका सुरक्षाकर्मीले उद्दार गरिरहेका छन ।

घाइतेहरुलाई पोखरा, कुस्मा र बागलुङ्ग तर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । घटनाको थप बिबरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्