आज पश्चिममा पानी पर्ने सम्भावना



काठमाडौँ । बिहीबार (आज) उपत्यकासहित धेरै ठाउँको मौसम बदली भएको छ भने पश्चिमी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा नखुल्ने मौसम विभागले जनाएको छ । पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै फेरि बदली भइहाल्ने अनुमान छ । पश्चिमको एक दुई ठाउँमा पानी पनि पर्न सक्छ । यस्तै उच्च हिमाली भेगमा हिमपातको संभावना छ । तराई क्षेत्रको मौसम भने सफा रहने जनाइएको छ ।

बिहीबार बिहान ३ दशमलव २ डिग्री सेल्सियस रहेको काठमाण्डौको दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने मौसम पुर्वानुमान महाशाखाको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्