फेडेररको संघर्षमय जित



मेलबर्न, (एजेन्सी)
रोजर फेडेररले विश्व टेनिसअन्तर्गत १ सय ८९औं स्थानमा रहेका खेलाडीविरुद्ध संघर्षमय जित हात पार्दै अस्टे«लियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार मेलबर्नको रड लेभर एरेनामा भएको खेलमा फेडेररले ब्रिटेनका डान इभान्सलाई ७–६, ७–६, ६–३ ले हराएका हुन् । २० ग्रान्डस्लाम उपाधि जितेका फेडेररले अर्को चरणमा अमेरिकाका टेलर फ्रिट्जसँग खेल्नेछन् । टेलरले फ्रान्सका गाइल मोनफिल्सलाई हराएका थिए ।

३७ वर्षीय स्विस खेलाडीले अस्टे«लियन ओपनमा सातौं उपाधि जित्ने पहिलो खेलाडी बन्ने लक्ष्य लिएका छन् । तर इभान्सले आकर्षण खेल खेलेर फेडेररलाई कडा चुनौती दिएका थिए । पहिलो र दोस्रो सेट टाइब्रेकरमा पु¥याएर उनले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । इभान्सको प्रदर्शनमाथि प्रशंसा गरेका फेडेररले आगामी खेल त्यति सहज नहुने बताएका थिए ।

महिला सिंगल्सतर्फ डिफेन्डिङ च्याम्पियन कारोलीन वोजनीयाकी सहजै तेस्रो चरणमा पुगिन् । डेनमार्ककी वोजनीयाकीले स्विडेनकी योहाना लार्सनलाई केवल ६६ मिनेटमै पन्छाएकी थिइन् । शुक्रबार उनको सामना मारिया सारापोभासँग हुनेछ । रुसी खेलाडी सारापोभाले स्विडेनकी रेबेका पिटरसनलाई ६–२, ६–१ पराजित गरेकी थिइन् । यो जितपछि सारापोभाले बताइन्—तेस्रो चरण प्रतिस्पर्धात्मक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्