दिदीबहिनी कप माघमै



काठमाडौं, (नेस)
बृहत् एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियो दिदीवहिनीको नवौं बार्षिकोत्सवका अवसरमा संचालन हुने दिदीवहिनी कप राष्ट्रिय महिला भलिबल माघमै हुने भएको छ ।

माघ २८ देखि फाल्गुन १ गतेसम्म हुने प्रतियोगितामा ६ टोली सहभागिता हुने आयोजक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जकी अध्यक्ष कल्पना चापागाईले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराईन् । उनका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लब, न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको टिम, आयोजक दिदिबहिनी क्लबको सहभागिता रहनेछन् । पर्वतको सदरमुकाम कुश्मा बजारमा हुने प्रतियोगितामा गत वर्ष झैं कम्तीमा ६ टोलीबीच प्रतिसपर्धा हुनेछ । विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार ,बिधागत ६ उत्कृष्टले जनहि ५ हजार प्राप्त गर्ने छन् । खेलको माध्यमबाट प्रतिस्पर्धा मार्फत राष्ट्रको गौरब बढाउने,कला र संस्कृतिको संरक्षण र यसैगरी महोत्सवका दौरान संचालन गरिने खुल्ला दौड प्रतियोगितामा शीर्ष तीन हुनेले क्रमशः २५, १५ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसवर्ष महिला भलिबल, दौडसहित प्रथम दिदीबहिनी डान्स आईडल, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाकी प्रदर्शन महोत्सवका आर्कषक हुने चापागाईले जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्