सेनाको जोडीलाई उपाधि



विराटनगर, (नेस)
मोरङको सुन्दरहरैंचामा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ को मेन्स डबल्सतर्फको उपाधि सेनाको जोडीले हात पारेको छ ।

बुधबारको मेन्स डवल्स फाईनल खेलमा एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीलाई २१–१८, २५–२३ ले हराउँदै सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले उपाधि हासिल ग¥यो । यसअघि मेन्स सिंगल्सतर्फ प्रिन्स दाहालले उपाधि जितेका थिए । त्यस्तै मिक्स डवल्समा रन्जित तामाङ र अनु राईको जोडी तथा मास्टर डवल्समा किरण प्रधान र योगेन्द्र श्रेष्ठको जोडीले उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्