पुर्व राष्ट्रपतिले १० करोड डलर घुस लिए !



मेक्सिकोसिटी,(एजेन्सी)
मेक्सिकोका पुर्व राष्ट्रपति एनरिक पेना निएटोले कुख्यात लागु औषध तश्कर जोआक्विन ‘ एल चापो ’ गुज्मानबाट घुस वापत १० करोड अमेरिकी डलर लिएको एकजना प्रत्यक्षदर्शीले बुधवार अदालतमा बयान दिएका छन् ।

आफुलाई वर्षौंसम्म गुज्मानका निकटतम सहयोगी भएर काम गरेको कताउने एलेक् सिफुएन्तेस नामक व्यक्तिले अमेरिकाको न्युयोर्कसिटीको अदालत कक्षमा आफुले सन् २०१६ मा नै उक्त घुसकाण्डबारे सरकारी निकायलाई जानकारी गराइसकेको पनि बताएका छन् ।

गुज्मानलाई कुख्यात लागु औषध तश्कर समुह सिनालोवा ड्रग कोर्टेलका नाइके भएके अभियोग लगाइएको छ । अमेरिकी सरकारी वकिलहरुले यस कोर्टेलले अमेरिकामा ठूला परिमाणमा लागु औषध उपलब्ध गराउादै आएको ओरोप लगाएका छन् ।

पेना निएटोले सन् २०१२ देखि २०१८ सम्म मेक्सिकोको राष्ट्रपतिको हैसियतले काम गरेका थिए । ६१ वर्षिय गुज्मान माथि गत नाभेम्वर देखि अमेरिकाको ब्रुकलिनमा मुद्धा चलिरहेको छ । अमेरिकामा कोकेन , हरोइन र अन्य लागु औषध ओसारेको अभियोगमा कारवाही गराउन उनलाई मेक्सिकोले अमेरिका समक्ष सुपुर्दगी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्