इन्टरनेस्नल एन्टरप्रेनर्शिप कन्क्लेव हुने



काठमाडौं(नेस)
भारतीय दूतावास र क्लक बि बिजनेस इन्नोभेसनद्वारा कनेक्ट्रइन – दोस्रो इन्टरनेस्नल एन्टरप्रेनर्शिप कन्क्लेव’ आयोजना हुने भएको छ ।
माघ ५ गतेबाट काठमाडौं स्थितभारतीय राजदूतावास र क्लक बि बिजनेस इन्नोभेसनको सहकार्यमा ‘कनेक्ट्रइन, इन्टरनेस्नल एन्टरप्रेनर्शिप कन्क्लेव’ कोसेकेण्ड एडिशन आयोजना होटेल याक एण्ड यतीमा हुने भएको छ ।

यस सम्मेलनको थिम सम्बन्धित नेपाल र भारतका भिन्न भिन्न स्टार्टअपहरू, उद्यमीहरू, लगानीकर्ता, मार्केटर्स, वकीलहरू, लेखा परीक्षक, सरकार, विश्वविद्यालयहरू र कलेजहरू, मेंटर्स, सलाहकार, कर्पोरेट, इनक्यूबेटर,व्यापारउत्साही,हरु बिच सम्बन्ध बढाउने, र छलफल गर्दे आफनो अनुभव आदन प्रदान गर्ने यस सम्मेलनको उद्देश्य रहेको बताइएको छ।

बुधबार अयोजित गरिएको पत्रकार सम्मेलनमा भारतीय राजदूतावासका दोस्रो वाणिज्य सचिव कपिध्वजप्रताप सिंहले, युवाउद्यमीहरु,लगानीकर्ता, सल्लाहकारहरु संगसम्बन्ध वृद्धि गन, त्यसैगरि विशिष्ट उद्यमीको यात्राबाट सिक्ने, र भारत र नेपालकाउद्यमीहरु बीच नेटवर्क बढाउन सकिने बताउनुभयो ।

कार्यक्रमको मुख्य उद्देश्यमध्ये एक स्टार्टअप स्कआउट गर्ने, स्टार्ट अपइन्क्युबेसन कार्यक्रममा ट्रेनिंग र मेन्टरशिपदिने, र अन्त्यमा सबैभन्दा धेरै सम्भावना भएको स्टार्टअपलाई फिनालेमा लैजाने योजना रहेको बताइएको छ। त्यसैगरी आयोजकहरूले कलेज र युवास्तरको प्रचारका गतिविधिहरू आइडिएसन वर्कशपहरू विभिन्न शहरहरूमा आयोजना गरिएको बताइएको छ।
यस १ भन्दा बढि आवेदनबाट आवेदनहरूबाट टप २१ आइडियाहरु स्क्रिन गरि ७ दिनको ’स्टार्टअप इन्क्युबेसन कार्यक्रम’आयोजना गरिएको थियो । त्यसपछि यी २१ आइडियाजह ‘आइडिया अडिशन’ मा स्क्रिन गरी सबैभन्दा धेरै सम्भावना भएकोे टप ६ आइडियाजहरूले भारत र नेपालका उद्यमी लगानीकर्ता, र उद्यमीहरूको अगाडी पिच गर्ने बताईको छ।

 

प्रतिक्रिया दिनुहोस्