स्काईवर्थ सीईएस चार अवार्डबाट सम्मानित



काठमाडौं(नेस)

घरेलु उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काईवर्थले सीईएस २०१९ मा नँया उत्पादन तथा प्रविधिहरु प्रस्तुत गरेको छ ।

सीईएस २०१९ कार्यक्रमको क्रममा स्काईवर्थलाई २०१८–२०१९ शीर्ष ५० ग्लोबल सीईको ब्राण्ड, २०१८–२०१९ शीर्ष १० सीई ब्राण्ड, २०१८–२०१९ शीर्ष १० ग्लोबल टिभी ब्राण्ड अवार्ड प्रदान गरिएको छ । स्काईवर्थले घरेलु उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता पनि प्राप्त गरेको छ ।

प्रोडक्ट अवार्ड द एआई स्मार्ट डियोल ईकोसिस्टम टिभी एक्सपिरेन्स गोल्ड अवाड पनि प्राप्त गरेको छ । स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ जुन स्मार्ट होमका नियन्त्रण गर्ने केन्द्र बिन्दु बनिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्