सम्पदा ठेक्काबाट नभई मौलिक शैली बनाउनुपर्ने: प्रधानमन्त्री ओली



काठमाडौ(नेस) प्रधानमन्त्री केपी शर्मा ओलीले पुरात्वातिक मठ, मन्दिर इतिहासको गौरवसमेत भएकाले ती पुरातत्वको ठेक्काबाट नभई स्थानीय समुदायले मौलिक संरचनामा बनाउन सकिने बताउनुभएको छ ।

२१ औं भूकम्प दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उहा“ले सो कुरा बताउनुभएको हो । उहा“ले पुरातत्वको संरचनाको निर्माण ८० प्रतिशतसमेत भइसकेको जानकारी दि“दै भूकम्पबाट क्षति भएका मठ, मन्दिर र कलालाई जस्ताको त्यस्तै बनाउनुपर्ने बताउनुभयो । ‘हामीले विसं १९९० को भूकम्पअघिको सांस्कृतिक पुरातत्वको मौलिक स्वरुप बनाउनुपर्छ’ उहा“ले भन्नुभयो । स्थानीय तहको सहयोगमा पुराना सीप, कला जानेको कर्मीबाट ती पुरातत्वको मौलिक संरचना बनाउनुपर्ने पनि प्रधानमन्त्रीको जोड रहेको छ ।

पुनःनिर्माणको केही ठाउ“मा मात्र बा“की रहेकाले अबको दुई वर्षमा सबै काम सिध्याइने बताउ“दै सरकारले भूकम्पबाट क्षति भएका घर, आवास निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको र भूकम्पीय जोखिममा परेका बस्तीलाई अनुकूल ठाउ“मा सारिने बताउनुभयो ।

‘एकीकृत सुरक्षित सुविधासम्पन्न अस्पताल, पानी बिजुली सबै कुराम हामीले ध्यान दिएर आवास बनाउनेछौ“’, उहा“ले भन्नुभयो, ‘भूकम्प गए पनि जनतालाई सुरक्षित आवास चाँडै प्रदान गर्नेछौ“’ ।उहा“ले अब भूकम्प गए पनि केही क्षति नहुने गरी सजगता अपनाइएको बताउनुभयो । ‘भूकम्प दिवसले हामीलाई जोखिम न्यूनीकरण सिकाउने अवसर प्रदान गरेको छ उहा“ले भन्नुभयो, ‘भूकम्पबाट हुने क्षति अत्यन्त न्यून गर्नेतर्फ सरकार लागेको छ ।’

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले भूकम्पबाट जोगाउनका लागि सरकारले जोखिम न्यूनीकरण कार्यक्रम ल्याएको बताउ“दै बा“की रहेको पुनःनिर्माणको काम संघ प्रदेश र स्थानीय तह मिलेर गरिने स्पष्ट गर्नुभयो ।
कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले विपत्त न्यूनीकरण गर्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहा“ले अहिले पनि धेरै स्थानीय तहले भवन आचारसंहिता पालना नगरेको हुनाले पालना गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्