१ सय ६८ जनामा इन्फ्लुएन्जा



भगवती तिमल्सेना, काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १ सय ६८ जना बिरामीमा इन्पÞm्लुएन्जा भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको उक्त महाशाखाले बुधबार जारी गरेको प्रेस विज्ञप्तीका अनुसार नेपालमा स्वाइनफ्लुको नामले चिनीने इन्फ्लुएन्जा एचवान एन वान भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने गत मंसिरदेखी पौष २६ सम्म ३ सय ३४ जना बिरामीको र्यालको नमुना परीक्षण गर्दा १ सय ६८ जनामा इन्पÞm्लुएन्जा प्रमाणित भएको छ । तीमध्ये १ सय ४६ जनामा इन्फ्लुएन्जा ए एचवान एनवान पीडिएम सून्य नाइन, ९ जनामा इन्फ्लुएन्जा ए एच थ्री र १३ जनामा इन्फ्लुएन्जा बी प्रमाणित भएको हो ।

महाशाखाले उक्त रोग मानिसबाट मानिसमा सर्ने सिजनल इन्फ्लुएन्जा भएको जनाउँदै बिशेषगरी गर्भवती महिला, ५ वर्ष मूनिका बालबालिका, ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक, रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरु र मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धिरोग, दम र अन्य श्वास प्रश्वास सम्बधि दीर्घरोगीमा बढी जोखिम बढी हुने भएकाले सचेत हुन आग्रह गरेको छ ।

उक्त रोग लागेमा ३८ डिग्री सेल्सियस् भन्दा बढी ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, बालबालिकामा वाकवाकी लाग्ने वा वान्ता हुने, पेट मडारिने, झाडा पखाला हुने लक्षण देखिन्छ यस्तै हाँच्छिउ आउने, नाकबाट पानी बहने वा नाक बन्द हुने, टाउको दुख्ने,मांसपेशी दुख्ने, हाड जोर्नी दुख्ने, आलस्य हुने गर्दछ ।

महाशखाका अनुसार खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्ने, साबुन पानीले पटकपटक हात धुने हात नमिलाउने, भिडभाडमा नजाने गरेमा यसको संक्रमणबाट बच्न सकिन्छ । रोग लागेमा ३–५ दिनसम्म घरमै आराम गर्ने, पौंष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दाल, तरकारी र गेडागुडीको रस खानुपर्दछ । यस्तै चुरोट रक्सी खानहुँदैन भने दुध चुस्ने बच्चालाई साविकबमोजिम नै नियमित स्तनपान गराउनुपर्दछ

प्रतिक्रिया दिनुहोस्