हत्यारा पक्राउ गर्न प्रहरीले चलायो गोली



नेपाल समाचारपत्र, बर्दिया ।
प्रहरीले हत्या आरोपी युवराज गिरीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ । प्रहरीको गाली लागि गिरी घाइते भएका छन् ।

प्रहरीको खोजीको सूचीमा रहेका गिरीलाई पिछा गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

पक्राउ परेका गिरी र भरत शाहीले केही समयअघि बाँके कोहलपुरका दिपक सिंहको खुकुरी हानी हत्या गरेका थिए ।

हत्यापछि दुवैजना फरार रहेको प्रहरीले जनाएको छ । शाहीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो भने गिरीलाई पक्राउ गर्न जाने क्रममा भागेपछि गोली चलाउनुपरेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गिरी र शाहीले सिंहलाई प्रहरीको असई बनाइदिन्छु भन्दै डेढलाख रकम लिएका थिए । असई बनाउन नसकेपछि रकम फिर्ता माग्ने क्रममा विवाद हुँदा खुकुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्