आयुष्मान र शिल्पाको सानो मन



सुयोग गुरुङको डेब्यु निर्देशनमा सानो मन नामक फिल्म बन्ने भएको छ। मंगलबार माघे संक्रान्तिको अवसरमा राजधानीमा एक कार्यक्रमबीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ।

आगामी ७ गते सुटिङ प्mलोरमा जाने फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के जोडीका रूपमा देखिनेछन्। आयुष्मानले सानो मन धेरै अगाडि साइन गरेको बताए। शिल्पाले पनि दुई वर्षअगाडि लन्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनेको बताइन्। ‘फिल्मको स्टोरी नर्मल छ, मिठो छ, छोटो छ र राम्रो छ।’ –आयुष्मानले भने। निर्देशक गुरुङले सानो मन २ वर्षअगाडिको प्रोजेक्ट भएको बताए। ‘कहिलेकाहीँ आफैलाई केही कुरामा चित्त नबुझ्दो रहेछ। यसैले फिल्म प्mलोरमा जान २ वर्ष समय लाग्यो।’ –उनले भने। फिल्म घोषणा सभामा अभिनेत्री गौरी मल्लको जन्मदिनसमेत सेलिब्रेट गरिएको थियो।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने म्युजिकल लभस्टोरी जनराको फिल्म योगेश गुरुङ, राजीव श्रेष्ठ र राजेन्द्र मानन्धरले ओपीजी फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागेका हुन्। गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्टलगायत पनि यसमा मुख्य कलाकार रहनेछन्। फिल्ममा समीर सुनवार र निर्देशक गुरुङको लेखन, सुयोग सोताङको संगीत, बलिउड सुपरस्टार सलमान खानका पर्सनल ट्रेनर साजन सिंहको कोरियोग्राफी र आलोक शुक्लाको छायांकन रहनेछ।

प्रतिक्रिया दिनुहोस्