परमाणु हतियार सुरक्षामा स्टिलको पर्खाल



बेइजिङ (एजेन्सी)
चीनले आफना परमाणु हतियारलाई सम्भावित हमलाबाट जोगाउन पहाड मुनि स्टिलको एक भुमिगत पर्खाल निर्माण गरेको छ । राष्टपति सी जिनपिंगले हालै मात्र देशको उच्च रक्षा सम्मानबाट सम्मानित गरिएका देशका वरिष्ठ रक्षा वैज्ञानिकले उक्त कुराको जानकारी दिएको हो ।

सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार ८२ बर्षिय क्यान क्युहुले चीनको भुमिगत स्टिल पर्खाल भविष्यमा बनने हाइपरसोनिक हतियारबाट हुने हमला लगायत अन्य सम्भावित हमलाबाट देशको सामरिक हतियार भन्डारको सुरक्षा सुनिश्चित गर्न सक्छ ।

चीनको विज्ञान एकेडमी तथा चिनियाँ यान्त्रिक एकेडमीका सदस्य क्यानले स्टिलको भुमिगत पर्खाल पहाडको अत्यन्त गहिराइ स्थित सैन्य केन्द्रको सृंखलाको हिस्सा हो । पहाडका चट्टान शत्रुको हमला रोक्नमा सक्षम भएपनि केन्द्रको प्रवेश र निस्कने स्थान कमजोर छ र क्यानले ती हिस्सालाई थप सुरक्षा प्रदान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्