पुर्व राष्ट्रपति बाग्बोलाई आइसिसिद्वारा सफाइ



यामोउसोर्को,(एजेनसी)
हेग स्थित अन्तर्राष्ट्रिय आपराधिक अदालत ( आइसिसि) ले मंगलवार आइभोरी कोस्टका राष्ट्रपति लरेन्ट बाग्बोलाई सफाइ दिएको छ ।

सन् २०१० को विवादास्पद निर्वाचनपछि शुरुभएको डरलाग्दो हिंसात्मक घटनाहरुमा करिव ३ हजार व्यक्तिको ज्यान जानुका साथै अन्य ५ लाख भन्दा बढि विस्थापित हुने पुगेको विषयलाई लिएर उनी विरुद्ध मानव अधिकार उल्लंघन सम्बन्धी अभियोगहरु लगाइएको थियो ।

सन् २०११ मा बाग्बोका विपक्षी राजनिितक नेता अल्लास्साने उआत्ताराको समर्थन गर्ने संयुक्त राष्ट्रसंघिय र फ्रान्स पक्षधर फौजले उनलाई राष्ट्रपति कार्यालयको एउटा बंकरमा लुकिरहेको अवस्थामा नियनत्रणमा लिएको थियो ।
आइसिसिमा मुद्धा चलाइने यिनी विश्वकै पहिलो पुर्व राष्ट्राध्यक्ष भएका छन् ।

विश्वकै सबैभन्दा ठूलो परिमाणमा कोका उत्पादन हुने आइभोरी कोस्टमा सन् २०१० मा समपन्न विवादास्पद राष्ट्रपतिय चुनावमा बाग्बाले आफ्ना प्रतिद्वन्द्वी उआत्तारासंग चुनाव हारेको स्विकार नगरेपछि हिंसात्मक गतिविधि शुरु भएको थियो ।

पाँच महिना सम्म चलेको सो हिंसा राष्ट्रको इतिहासकै सबैभन्दा निर्मम घटना मानिन्छ । उनी विरुद्ध मानव अधिकार उल्लंघन लगायत , वलात्कार , हत्या , यौन हिंसा लगायत अन्य थुप्रै अपराधका लागि अभियोग लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्