विदेशीलाई मृत्युदण्ड



बेइजिंग,(एजेन्सी)
लागुऔषध तस्करीको आरोपमा क्यानाडाका एक नागरिकलाई चीनको एक अदालतले सोमबार मृत्युदण्ड सुनाएको छ । उत्तर पूवी चीनमा रहेको डालियान जन अदालतले अपराधको प्रकृतिअनुसार चीनको अपराधसंहीताको आधारमा रोबर्ट ल्योड स्चेलेनबर्गलाई मृत्युदण्ड सुनाएको हो ।

अदालतले करीब २ सय २२ किलोग्राम मेथाम्फेटामिन चीनबाट अस्ट्रेलिया पठाउन खोजेको अभियोगमा दोषि ठहराएको हो । चीनबाट थाइल्याण्ड भाग्ने तरखरमा रहेका उनलाई दक्षिणी चीनबाट सन् २०१४ को १ डिसेम्बरमा पक्राउ गरिएको थियो । सो अदालतले रोबर्टलाई पुनरावेदनका लागि दस दिनको म्याद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्