सेञ्चुरी बैंकको तीनवटा प्रदेश कार्यालय स्थापना



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयको स्थापना गरेको छ । सो क्र्रममा बैंकले प्रदेश नम्बर १ विराटनगर, प्रदेश नम्बर ३ मानभवन र प्रदेश नम्बर ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखा र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्