हिमालयन बैंकको लाभांश पारित



काठमाडौं, (नेस)
हिमालयन बैंकको २६औं वार्षिक साधारण सभा ज सम्पन्न भएको छ ।

उक्त साधारण सभाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरणपश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्नेछ ।

सभामा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठले बैंकले आव २०७४÷७५ अन्त्यसम्म ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र रु. ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको जानकारी गराउनुभयो । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७ दशमलव ३९ र ११ दशमलव ८६ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्