नेपाल बंगलादेश बैंकले सातवटै प्रादेशिक कार्यालय खोल्यो



काठमाडौं, (नेस)
नेपाल बंगलादेश बैंकले देशका सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको बैकले जनाएको छ ।

बैंकले प्रदेश एकको लागि मोरङ जिल्लाको विराटनगर, प्रदेश दुईको लागि महोत्तरी जिल्लाको बर्दिबास, प्रदेश तीनको लागि काठमाडौं जिल्लाको न्युरोड, प्रदेश चार गण्डकी प्रदेशको लागि कास्की जिल्लाको पोखरा, प्रदेश पांँचको लागि बांँके जिल्लाको नेपालगन्ज, कर्णाली प्रदेशको लागि सुर्खेतमा र प्रदेश सातको लागि कैलाली जिल्लाको धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी प्रादेशिक प्रमुखहरु पनि तोकिएको जनाएको छ ।

स्थापना गरिएका प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतका शाखा कार्यालयहरुको समन्वय, अनुगमन तथा सुपरिवेक्षण गर्ने, शाखा कार्यालयहरुलाई सहजीकरण गर्ने, जोखिम व्यवस्थापन, व्यवसाय विस्तारमा सहयोग गर्ने, सेवा सुधार गराउने, गुनासो सुनवाईलगायतका कार्यहरु गर्ने जिम्मेवारी तोकिएको पनि जनाएको छ ।

बैकको देशभर हाल ८१ वटा शाखा कार्यालयहरु रहेका छन् । बैकले हाल ५२ अर्ब निक्षेप परिचालन गरी ४९ अर्ब कर्जा प्रवाह गरेको छ । साथै बैकको ६३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्