लगानीकर्ता सक्रिय, दोहोरो अंकले नेप्सेमा वृद्धि



नेपाल समाचारपत्र, काठमाडौं
चालँ आर्थिक वर्षको दोस्रो त्रैमास समाप्तसँगै शेयर बजारमा केही सुधारको संकेत देखिएको छ । लगानीकर्ताले ब्याज तथा कर भुक्तानी गरेपछि लगानीले सेटलमेन्ट गरेपछि लगानीकर्तामा बजारमा उत्साहित भएका हुन् ।
दोस्रो त्रैमासको अन्त्यमा सबैभन्दा ठँलो शेयर परिमाणको माथिल्लो तामाकोशीको शेयर सँचीकृत भएपछि पनि शेयर बजार केही चहलपहल देखिएको छ । माथिल्लो तामाकोशीतर्फ अहिले लगानीकर्ता आकर्षित देखिएका छन् ।

तेस्रो त्रैमासको पहिलो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसँचक १७ दशमलव ५१ विन्दँले बढेर एक हजार १९५ दशमलव ५४ बिन्दुमा पुगेको छ ।

कँल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता शेयर ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरिद बिक्री भएको छ । यस दिन सबैभन्दा धेरै नागरिक लगानी कोषको कारोबार भएको छ । यस कम्पनीको ८ करोड ३१ हजार रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

मंगलबार कारोबार भएका सबै उपसमँहको परिसँचकमा वृद्धि भएको छ । जसमध्ये सबैभन्दा बढी बढ्नेमा निर्जीवन बीमा उपसमँह रहेको छ । जसको शेयर मँल्यमा २३२ दशमलव ९२ अंकले बढेका छन् । त्यस्तै बैंकिङ उपसमँह पाँच दशमलव शँन्य ४, व्यापार उपसमँह दुई दशमलव ८७, होटल उपसमँह छ दशमलव पाँच, विकास बैंक उपसमँह १६ दशमलव ७५, जलविद्युत् उपसमँह ५२ दशमलव ७७, वित्त उपसमँह शँन्य दशमलव ८९, उत्पादन उपसमँह दुई दशमलव ६५, अन्य उपसमँह ११ दशमलव ५५, माइक्रोफाइनान्स ५३ दशमलव ५४ र जीवन बीमा उपसमँह १९७ अंकले वृद्धि भएको छ ।

नागरिक लगानी कोष, गरिमा विकास लघुवित्त वित्तीय संस्था, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, अरुण काबेली पावर, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, सांग्रिला डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । समग्र परिसँचक दोहोरो अंकले बढे पनि सिद्धार्थ इक्विटी फण्ड, गण्डकी विकास बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, गोर्खाज फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले भने गुमाएका छन् ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पनि तीन दशमलव शँन्य ६ अंकले बढेर २५३ दशमलव ५५ विन्दँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्