नेपाल एसबीआई बैंकको करिब १६ प्रतिशत लाभांश पारित



काठमाडौं, (नेस)
नेपाल एसबीआई बैंकको २५औं वार्षिक साधारणसभाले बैंकको आव २०७४÷७५ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणलगायतका वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसँचीहरु पारित गरेको छ ।

बैंकले आव २०७४÷७५ मा २७६ दशमलव १७ करोड सञ्चालन मुनाफा र २०२ दशमलव ३५ करोड खुद मुनाफा हासिल गरेको छ ।

सभाले बैंकका शेयरधनीलाई चुक्ता पुँजीमा १५ दशमलव ७९ प्रतिशतका दरले लाभांश (५ प्रतिशत बोनस शेयर र १० दशमलव ७९ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबीआई मर्चेण्ट बैंकिङ ’ को आव २०७४÷७५ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।

उक्त सधारणसभाले आव २०७५÷७६ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टीआर उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउन्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्