गल्फ इन्डस्ट्रियल टेक्निकल मिट सम्पन्न



काठमाडौं, ण्नेस) नेपाल ल्युब आयल लिमिटेडले हालै गल्फ इन्डस्ट्रियल टेक्निकल मिट भैरहवामा सम्पन्न गरेको छ । यस कार्याक्रममा बीटुबी ग्राहक चेनता तथा प्रोडक्ट पोर्टफोलियो सम्बन्धी छलफल गरिएको थियो ।

बीटुबी ग्राहकहरुमा सिमरा र वीरगंज आसपासका विभिन्न सिमेन्ट तथा स्टिल उद्योगहरुको सहभागिता थियो । नेपाल ल्युब आयलका ब्रान्ड तथा मार्केटिङ म्यानेजर प्रद्युम्न न्यौपानेका अनुसार कार्यक्रमका प्रोडक्ट पोर्टफोलियो सम्बन्धी चेतना वृद्धि गर्नु, प्राविधिक रुपमा औद्योगिक उपकरण तथा प्रविधिको अध्यावधिक गर्नु, बजारका विद्यमान समस्या एवम् तिनको निराकरण गर्न आयोजना गरिएको थियो ।

नेपाल ल्युब आयल कम्पनीले अन्तर्राष्ट्रिय लुब्रिकेन्ट नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । यस संस्थाको स्थापना सन् १९८३ मा ल्युब ब्लेन्डिङ प्लान्टका रुपमा भई अन्तर्राष्ट्रिय गल्फ आयल कर्पोरेसनसँगै सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्