डिस होमले आईपीओ जारी गर्ने



काठमाडौं, (नेस)
डिस मिडिया नेटवर्कको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारणसभाले आगामी आर्थिक वर्षमा आईपीओ जारी गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्नो कुल जारी पुँजीको न्यँनतम १० प्रतिशत शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ ।

साधारणसभाले यसअघिकै सञ्चालक समितिलाई आगामी चार वर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । सञ्चालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन हुनुभएको छ ।

नेपालमा रहेका ग्राहकमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिस होम सर्वसाधारणका लागि शेयर जारी गर्ने पहिलो पे टिभी कम्पनी हुने भएको छ ।
स्याटेलाइट प्रविधिमा आधारित नेपालको डीटीएच सेवा प्रदायक डिस होमले शहर बजारदेखि ग्रामीण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एसडी प्याकेज प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्