ल्होसारका अवसरमा धादिङबेसीमा घले समूदायद्धारा आयोजित कार्यक्रमः फोटो फिचर



सीताराम अधिकारी, धादिङ ।

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घले समूदायलाई आदीबासी जनजातीमा सूचिकृत गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो पहिचान र संस्कृतिलाई जोगाइराख्न आग्रह गर्नुभएको छ ।

घले समूदायको ल्होसारको अवसरमा आज (मंगलबार) धादिङबेसीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेकपा अध्यक्ष दहालले घलेजातीलाई सफलताको शुभकामना व्क्त गर्नुभएको थियो ।

इतिहासमा अहिलेसम्म बिन्ती पत्र चढाएर पहिचान र अधिकार प्राप्त नभएकोले यसका लागि निरन्तर क्रियाशिल हुन घले समूदायलाई आग्रह गर्दै घले समूदायलाई आदीबासी जनजाती हुनबाट छुटाइएकोले सरकारमा भएको दलको अध्यक्षको नाताले आफूले यसविषयमा लाग्ने प्रतिवद्धता व्क्त गर्नुभएको थियो ।

विविधतामा एकता पहिचान र आत्म सम्मानमा अपमानित गरेर नभइ पहिचान सहितको आत्म सम्मान भएपछि मात्र सम्वृद्धिको महान अभियान सफल हुने  विश्वास  व्यक्त गर्नुभयो ।

राष्ट्र निर्माणका लागि कुनैपनि जातीले अपमानित हुनु नपर्ने भएकोले विगतमा भएका गल्तीहरु सच्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघीय संसदका सदस्य खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, ३ नं. प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल लगायतले शुभकामना दिँदै विविधतामा एकता नै नेपाली समाजको पहिचान भएकोले समृद्ध नेपाल निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो ।

लिःल फङ (घले समाज) का अध्यक्ष दिनेश घलेको अध्यक्षतामा सम्पन्न समारोहमा पूर्व प्रधानमन्त्री दहाललाई ज्ञापन पत्र बुझाउँदै घलेहरुमाथी भएको अन्याय अन्त्य गर्न माग गरिएको थियो ।

कार्यक्रममा ईलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, सप्तरी, सिन्धुलि, दोलखा,  सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन,  गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, मनाङ,  बागलुङ, नवलपरासी, रुपन्देही, रुकुम, बाँके, बर्दिया र कैलाली, जिल्लाबाट सहभागिता रहेको छ भने भुटान, बेलायत, जापान, कतार, यु.ए.ई, मलेसिया, साउदी अरेबिया,  बहराइन, बेल्जियम, इटाली, फ्रान्स, पोर्तुगल, अमेरिका, हङकङ र मकाउ जस्ता देशहरुबाट कार्यक्रममा प्रतिनिहिरु सहभागि भएको लिःल फङ (घले समाज) धादिङका अध्यक्ष धनबहादुर घलेले बताउनुभयो ।

यस वर्ष हामी लिःल (घले) जातिको ऐतिहासिक पर्व ल्होसर २०७५ खि ल्हो (कुकुर बर्ग) को बिदाई र फाह् ल्हो (मृग बर्ग) को आगमनको अवसरमा बृहत सांस्कृतिक झाँकी सहितको उत्सब आयोजना गरिएको थियो । यसअघि झाँकी सहितको र्यालीले धादिङबेसी बजार परिक्रमा गरेको थियो ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्