चीनले चन्द्रमामा तोरी फुलाउने परिक्षण गर्दै



काठमाडाैं  । चीनले चन्द्रमामा तोरी फुलाउने परिक्षण शुरु गरेकोछ । तोरीको विउवाट चन्द्रमामा टुसा उम्रीएको फोटो चीनले सार्वजनिक गरेकोछ ।

चीनले चांगे ४ नामको रकेट रोवोट चन्द्रमामा पठाएको थियो । यहि जनवरी ३ मा सो रोवोट चन्द्रमाको धर्तीमा सकुसल अवतरण भएको थियो ।

सो रोवोटमा एक ठुलो वट्टामा आलु, तोरी, कपासका विउहरु पनि पठाइएको थियो । ती विउहरु अहिले टुसाउन थालेको वताइएकोछ ।

यो प्रयोग सफल भएमा पछि चन्द्रमामा जाने यात्रीहरुलाई तेल, कपडा र खानाको वन्दोवस्त त्यही उत्पादन गरेर हुने वनाउन यो प्रयोग गरिएको चीनले वताएकोछ ।

प्रतिक्रिया दिनुहोस्