६ लाखमा नेपाली चेलीलाई भारतको जिबिरोड बेश्यालयमा बेच्ने पक्राउ



काठमाडौं । राम्रो जागिर लगाइदिने प्रलोभनमा नेपाली युवतीलाई भारतको वेश्यालयमा बेच्ने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले सुनसरीको धरान नगरापलिका १७ का ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरेको हो ।

उनले आकर्षक जागिर लगाईदिने प्रलोभनमा नेपाली युवतीहरुलाई झुक्यानमा पारी भारतको नयाँदिल्लीस्थित जिबिरोडको बेश्यालयमा बेच्ने गरेको थिए । राईले नेपाली युवतीलाई ६ लाख सम्ममा बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनी चेलीबेटी बेचबिखन गर्ने गिरोहका नाइके समेत रहेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्