बुंगमति प्रभागद्धर १० हजार लिटर घरेलु मदिरा नष्ट



ललितपुर ,(नेस) । महानगरीय प्रहरी प्रभाग बुंमतिले १० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । नख्खुखोला वरपर नख्खुडोल क्षेत्रबाट बरामद गरी ल्याइएको घरेलु मदिरा वुंगमति प्रभाग परिसरमा नष्ट गरिएको हो ।

बुङ्गमति प्रभागका प्रमुख प्रहरी निरीक्षक दिपक मगराठिको नेतृत्वमा स्थानीय समाजसेवी, वडा प्रतिनिधि, वालकुमारी श्रृजना क्लबका पदाधिकारी लगायतको उपस्थितिमा मदीरा नष्ट गरिएको थियो । प्रभागले यसअघि १ हजार २ सय लिटर मदीरा नष्ट गरिसकेको प्रहरी निरीक्षक मगराठीले जानकारी दिनुभयो ।

उहाका अनुसार भैसेपाटी क्षेत्रमा मा महिला हिंसा, चेलीबेटी बेचबिखन,चोरी,लगायतकाअपराध नियन्त्रण गर्न जनचेतनामुलक कार्यक्रम संचालन गरेको उहाको भनाई थियो । उहाले भैसेपाटी, वुंगमति, खोकन लागयतका क्षेत्रको चोरी नियन्त्रण गर्न प्रहरीको सिआरभी टोली खटाएको, चेकजाचलाई कडाई गरेको जानकारी दिनुभयो । प्रभागले स्थानीयको सहयोगमा विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेको उहाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्