इरानमा सैनिक कार्गो विमान दुर्घटनाग्रस्त,पन्ध्रजनाको ज्यान गयो



तेहरान,(एजेन्सी)
इरानको राजधानी तेहरान नजिकै सोमवार सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको इरानी सरकारी समाचार निकायले जनाएको छ । उक्त विमान कार्गो विमान भएपनि त्यसमा १६ जना व्यक्ति सवार रहेको बताइएकोे छ ।

तेहरान देखि करिव चालिस किलो मिटर पश्चिममा पर्ने काराज स्थित फाथ विमानस्थलमा अवतरणको त्र्रममा धावनमार्गमा चिप्लिएर सो ७०७ विमान पर्खालमा ठोकिँदा कूल पन्ध्रजनाको मृत्यु भएको सुरक्षाकर्मिहरुले बताएका छन् ।

प्रारमिभक अनुसन्धान अनुसार खराव मौसमको कारण दुर्घटना भएको अनुमान गरिएको छ । इरानी सेनाले त्यसमा सवार १६ जना मध्ये एकजना फलाइट इन्जिननियर बाहेक बाँकी सबैको ज्यान गएको पुष्टि गरेको छ ।

जिवित ति इन्जिनियरको अस्पतलामा उपचार भइरहेको छ ।  कार्गो बोइङ ७०७ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएपछि दुर्घटनाग्रस्त भएको इरान वायुयान संगठनका प्रवक्ता रेजा जाफार्जादेशले सरकारी सञ्चारमाध्यम आइआरआइबीलाई बताएका छन् ।

तासनिम समाचार समितिका अनुसार सेनाको यो कार्गो विमानले काजकिस्तानको राजधानीबाट मासुजन्य खाद्य पदार्थ लिएर फर्किरहेको थियो ।
स्थानिय संचार माध्यमले दुर्घटनासथलमा विमानको ‘ब्ल्याक बक्स’ भ्वाइस रिकर्डर फेला परिसकेको जनाएको छ ।

सैनिक प्रवक्ताले सो विमान इरानकै भएके तथा त्यसमा सवार समपुर्ण इरानी नागरिक भएको सरकारी टेलिभिजनलाई जानकारी दिएका छन् । फाथ विमानस्थल इरानको विशेष फौज रिभुलुस्नरी गार्डस कोप्र्सको हो ।

प्रतिक्रिया दिनुहोस्