सन्काहा वृद्धलाई चावर्षको कारावास



प्राग,(एजेन्सी)
चेकोस्लाभाकियाका एकजना अवकाश प्राप्त वृद्धलाई जिहादी आक्रमण गर्ने प्रयास गरेको अभियोगमा चार वर्ष लामो कारावास संजाय तोकिएको चेक संचार माध्यमले सोमवार बताएको छ ।

एकहत्तर वर्षिय जारोमिर बाल्दा नामक ति व्यक्तिले रेलवे लाइनहरुमा ढालेका रुखहरु राखेर यातायात अवरुद्ध पार्दै घटनास्थलमा ‘ अल्लाहु अकवर ’ लेखिएका पर्चाहरु छोडेको अदालतले जनाएको छ ।

उर्दु भाषमा ‘अल्लाहु अकवर ’ को अर्थ ‘भगवान महान छ’ भनिएको हो । उनले सिर्जना गरेका अवरोधमा दुईवटा यात्रुवाहक ट्रेन ठोकिएपनि कसैलाई पनि कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ ।

अदालतमा न्यायधिशले ति कटर दक्षिणपन्थि विचारधाराका वृद्धको मानसिक उपचार गराउन पनि आदेश दिएका छन् । उनले आफुले मुश्लिम आप्रवासीहरुको मनभित्रको सन्त्रासको सन्देश फैलाउन खोको बयान दिएका छन् ।

अवकाश प्राप्त इलेक्ट्रिसियन उनले प्राग स्थित क्षेत्रिय अदालतमा भनेका छन् , ‘ मैले आतंक फैलाउन होइन बरु त्यसलाई रोक्न खोजेको हुँ । मलाई आफुले खाादै आएको रक्तचापको औषधिले अलमलाउने गरेको छ । ’ उनले सन् २०१७ मा प्राग देखि करिव ५० किमि उत्तरमा पर्ने म्लादा बोलेस्लाभ शहरको रेलवे ट्रयाकमा त्यसरी अवरोध सिर्जना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्