अफगानिस्तानमा स्थायी सैन्य अड्डा राख्ने अमेरिकी चाहना



इस्लामाबाद (एजेन्सी)
अफगानिस्तानमा दिर्घकालिन सैन्य अड्डा निर्माण गर्ने अमेरिकी माग त्यहाँको १७ बर्ष लामो युद्ध अन्त्य गर्नका लागि तालिवानसँगको वार्तामा बाधक बनिरहेको जनाइएको छ ।

अफगानिस्तानमा शान्तिका लागि अमेरिकाका विशेष प्रतिनिधि जलमय खलिलजादले वार्ताको टेबुलमा तालिबानलाई ल्याउने प्रयास तिब्र पारिरहेकै बेला उक्त विषयमा सन्चार माध्यममा समाचार प्रकासित भएको हो ।
साउदी अरेबिया, सयुंक्त अरब इमिरेट्स, कतार, रुस र इरान विगत केही महिना देखि तालिबानसँगको वार्तामा संलग्न रहेका छन् ।

अमेरिका आफनो मागको बदलामा शान्ति सम्झौतापछि अफगानिस्तानलाई पुननिर्माण तथा पुनर्वासका लागि पर्याप्त वित्तीय सहायता दिने पक्षमा रहेको एक अधिकारीलाई उदृत गर्दै एक्सप्रेस ट्र्ब्यिुनले जनाएको छ । तर प्रमुख विद्रोही समुह तालिबानले पटक पटक अफगानिस्तानबाट अमेरिकी सेनाको पुर्ण फिर्ता हुनु पर्ने माग गरिरहेको छ । यद्यपी संयुक्त अरब इमिरेट्समा भएको पछिल्लो वार्तामा केही सैन्य अड्डा चालु राख्ने अमेरिकाको सुझावमा उनीहरुले आफनो भुकाव देखाएका थिए ।


तालिबानले अमेरिकाबाट अन्य देशमा आक्रमणको षडयन्त्र रच्नका लागि अफगानिस्तानको भुमी प्रयोग नगर्ने ग्यारेन्टी चाहेको छ । अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पले पािकस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र लेखेपछि अबुधाबीमा भएको वार्तामा पाकिस्तानले मध्यस्थता गरेको थियो । ट्र्म्पले तालिबान लिएर पाकिस्तानसँग मद्दत मागेको थियो ।

शान्ति प्रक्रियाका लागि बाधक

अफगानिस्तानको १७ बर्ष देखि चलिरहेको युद्धको राजनितिक समाधान खोज्ने प्रयासमा उत्पन्न दबावले अफगान शान्ति प्रक्रियामा साउदी अरेबिया र युएइलाई एउटै मन्चमा उभ्याएको छ ।

अष्ट्रेलिया चिन्तित

अष्ट्रेलियाकी विदेशमन्त्री मरिस पेनले सोमबार अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजनाले अष्ट्र्ेलिया चिन्तित रहेको बताएकी छिन् । गत बर्ष डिसेम्बरमा अमेरिकी राष्टपति ट्र्म्पले अफगानिस्तानमा तैनाथा आफना सैनिक फिर्ता बोलाउने निर्णय गरेको अमेरिकी सन्चार माध्यमहरुले जनाएको थियो ।

ट्र्म्पको उक्त योजना प्रति अष्ट्र्ेलिया चिन्तित रहेको पेनले बताएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । उनले भनिन, अहिले धेरै कुरा गर्न बाँकी छ । अष्ट्र्ेलियाका साझेदारले यो मोडमा आफनो दिशा बदल्छ भने त्यो उसका लागि यो चिन्ताको विषय हुन्छ भन्ने मलाई लाग्छ ।
पेन सन् २००२ देखि २००८ को बीचमा अष्ट्र्ेलियाली सेनाका प्रमुख रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्