पटाका नियन्त्रण



बेइजिंग (एजेन्सी)
चीनको राजधानी बेइजिंगमा वसन्त उत्सव अर्थात चिनियाँ नयाँ बर्षमा पटाका किन्न चाहनेले परिचय पत्र देखाउनु पर्ने र आतिशबाजीका क्रमा कुनै प्रकारको दुर्घटनामा उनीहरु दन्डित हुने जनाएको छ । नयाँ बर्षको यो उत्सवको आयोजना हरेक बर्ष फरक फरक तारिकमा भब्यताका साथ हुने गर्छ ।

यसको सुरुवात फेब्रुअरीको पहिलो हप्तामा हुन्छ र महिनाको मध्यसम्म जारी रहन्छ । बेइजिंगको आपतकाल ब्यवस्थापन निकायले महानगरमा पटाकाका पसलको संख्या ८० बाट घटाएर ३० बनाएको र त्यसको विक्री जनवरी ३० बाट फेब्रुअरी ९ सम्म हुने जनाएको छ । चीनमा नयाँबर्षमा अत्यधिक पटाका पडकाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्