थ्री स्टार सेमिफाइनलमा



रुपेश केसी गोल गरेपछि खुशी हुँदै ।

धनगढी, (नेस)
रुस्लान थ्री स्टारले धनगढीमा जारी तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

सोमबार धनगढी रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा ललितपुरकै च्यासल युवा क्लबलाई १–० ले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो । टोलीको जितमा रुपेश केसीले निर्णायक गोल गरेका थिए । खेल सकिन ३ मिनेट बाँकी रहँदा म्यान अफ द म्याच रुपेशले थ्रीस्टारको समस्या टारेका थिए । उनले १० हजार नगद पनि प्राप्त गरे । टोलीको अर्को खेल बुधबार मेची नेत्रालय काकरभित्ता फुटबल टे«निङ सेन्टरसँग हुनेछ ।

यसअघि खेलको सातौं मिनेटमा सुनील बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पन्च गरेर बचाए । ५८ औं मिनेटमा च्यासलले अग्रता लिने सुवर्ण अवसर गुमायो । अर्मान्डको प्रहार अनन्तले ब्लक गरेपछि आएको रिबाउन्डमा सन्तबहादुर गुरुङको प्रहारले पोस्टको दिशा दिन नसक्दा च्यासल अग्रता लिन चुक्यो ।

८१ औं मिनेटमा रन्जन विष्टको उत्कृष्ट भली प्रहार क्रसबारमा लागेर फर्किदा थ्रीस्टार गोल गर्नबाट वंचित भयो । यसको ६ मिनेटपछि रुपेशले गोल गरेका थिए । मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा संकटाले क्यामरुनको दाफिनास एफसीको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्