मेसीको ४ सयौं गोल



लन्डन, (एजेन्सी)
बार्सिलोनाका कप्तान लियोनल मेसीले ला लिगामा ४ सयौंं गोल पूरा गर्दा बार्सिलोनाले जित हासिल गरेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबारलाई ३–० ले हराएको हो । सो खेलमा मेसीले ला लिगामा व्यक्तिगत ४ सयौं गोलको कोशेढुंगा पार गरेका हुन् । बार्सिलोनाको जित अन्य दुई गोल भने लुइस स्वारेजको नाममा रह्यो ।

खेलको १९ औं मिनेटमा फिलिपे काउटिन्हको पासमा स्वारेजले उत्कृष्ट ढंगले घुमाउरो प्रहारमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० को स्थितिमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले थप २ गोल ग¥यो ।

खेलको ५३औं मिनेटमा कौटिन्हो र स्वारेजसँग वान टु पास खेल्दै मेसीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बनेको थियो । खेलको ५९ औं औ मिनेटमा सर्जि रोबर्टोको चलाखीपूर्ण थ्रू मार्फत प्राप्त बललाई सदुपयोग गर्दै स्वारेजले गोल गरेपछि बार्सिलोनाको अग्रता तेब्बर बन्यो ।

त्यसपछि दुवै टोलीले गोल गर्न असफल रहे र बार्सिलोना विजयी भयो । जितसँगै १९ खेलमा ४३ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा कायमै छ । समान खेलबाट एइबारले २२ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्