जागिरमा नयाँ पाठ्यक्रम



पूर्व कम्रेड बाउराम भन्छन्–‘१८ वर्ष उमेर पुगेका हरेक युवालाई अनिवार्य सैन्य तालिम दिऊ ।’ शक्ति राष्ट्रको चेपुवाबाट देशलाई जोगाउन सैन्य तालिम अनिवार्य भएको उनको तर्क छ । बाउरामको तर्कमा कति दम छ, वा पत्याउनै नसकिने ‘रामराम’ मात्रै छ त्यो पत्ता लगाउने जिम्मा पाठकवृन्दलाई ।

२ नं प्रदेशमा मन्त्रीले सचिवलाई चड्कन लगाएको खवर छताछुल्ल भएपछि धरहराले भने लोकसेवाको पाठ्यक्रममा नयाँ विषय अनिवार्य गर्नुपर्ने बुझ्या छ । विषयगत र वस्तुगत प्रश्न/उत्तर मात्रै होइन सरकारी जागिर खान कराँते, किकबक्सिङ, जुडो, तेक्वान्डो जस्ता खेलमा पनि अब्बल हुनै पर्ने प्रावधान तोक्नु प¥यो ।

त्यसो भयो भने मात्रै कर्मचारी निधक्क कार्यक्षेत्रमा खट्न आट र हिम्मत गर्छन् होला, हैन भने त निकै अई अई पो देखियो त । मन्त्री–सचिव काण्डपछि उस्तै जिउडाल भएका कर्मचारीको सातो पुत्लो उड्या छ क्यार, उडेको सातो पुत्लो कस्ले बोलाउने हो ?

अनि लोकसेवाको नयाँ पाठ्यक्रममा कर्मचारीको ‘थुतुनो व्यवस्थापन’को सीमा हद पनि तोकिनुपर्ने देख्या छ । कार्यसम्पादनका क्रममा प्रयोग हुने शब्द, भाषा शैली र आचरणमा लगाम लगाउन थुतुनो व्यवस्थापन अनिवार्य देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्