म्यादी जीवन बीमा व्यवसाय पुलमार्फत् सञ्चालन हुन



काठमाडौं, (नेस)
वैदेशिक रोजगारीको (म्यादी) जीवन बीमा व्यवसाय पुलमार्फत् सञ्चालन हुने भएको छ ।

बीमा समितिले मंगलबारबाट लागँ हुने गरी वैदेशिक रोजगार जीवन बीमा पुलमार्फत गर्नको लागि बीमा कम्पनीहरुलाई परिपत्र गरेको छ ।
हाल वैदेशिक रोजगारीमा रहेको समस्यालाई समाधानको बाटोतर्फ अघि बढाउँदै समितिले वैदेशिक रोजगार बीमा व्यवसायलाई व्यवस्थित बनाउनको लागि पुलको अवधारण ल्याएको समितिले जनाएको छ ।

समितिले म्यादी जीवन बीमा व्यवस्थित गर्न सुझाव समिति बनाएको थियो ।
पुलले बजार हिस्सा अनुसार व्यवसाय बाँडफाँड गर्नेछ । डेढ दर्जन जीवन बीमा कम्पनी रहेका छन् । बीमा शुल्क खर्च तथा दावीको हिस्सा सोही अनुपातमा बाँडफाँड हुने मंगलबार समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

समितिले १ कात्तिक २०६८ मा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा निर्देशन जारी गरेको थियो । माघ १५ गतेसम्म सबै जीवन बीमा कम्पनीबीच सहमति गरी पुल संचालनको विस्तृत कार्यविधि बनाई समितिमा पेश गर्नको लागि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्