वैशाखभित्रै पाइपबाट तेल भित्र्याउने तयारी



वीरगन्ज, (नेस)
दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आउँदो वैशाखदेखि ल्याउने गरी तयारी गरेको जनाएको छ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म झण्डै ७० किलोमिटर लम्बाईको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगन्जसम्म ३७ दशमलव २५ किलोमिटर छ ।

परियोजनाअन्तर्गत पाइप बिछ्याउने काम तीव्र गतिमा भइरहेकाले वैशाखदेखि पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।नेपालतर्फ ३७ दशमलव २५ किलोमिटर भँ–भागमध्ये गण्डकदेखि परवानीपुरसम्म झण्डै एक किलोमिटर र पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर गरी कुल १० किलोमिटर भँ–भागमा मात्र पाइपलाइन ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराका इन्जिनियर शरदप्रसाद पौडेलले बताउनुभयो ।

भारत बिहारको राजधानी पटना हुँदै सिवान र मोतिहारीदेखि रक्सौलसम्म पाइपलाइन आउने भएकाले त्यस क्षेत्रमा झण्डै चार किलोमिटर पाइप ओछ्याउने काम बाँकी रहेको छ भने सीमावर्ती भारतको रक्सौलदेखि सिर्सिया नदीमा पाइप छिराइ वीरगन्ज भन्सारको शंकराचार्य गेटसम्म ल्याउने काम भइरहेको छ। नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको सो उक्त परियोजना भारतीय आयल कर्पोरेशन (आईओसी) को दुई अर्ब भारतीय रुपियाँभन्दा बढीको लागतमा निर्माण भइरहेको छ ।

परियोजनाले सन् २०१९ को फेब्रुरीसम्म पाइप गाड्ने काम सम्पन्न गरी सक्ने लक्ष्य लिएको छ । जितपुर तथा परवानीपुरको केही भँ–भागमा जमीनमुनि दुलो पारेर (ड्रिलिङ प्रविधिबाट) पाइप गाडिएको छ । यो प्रविधिबाट सडकको पैदलमार्ग (फुटपाथ) को ठीक तल जमिनमुनि आठदेखि १६ मिटरसम्म पाइप गाडिएको छ ।

पँर्व–पश्चिम राजमार्गको सडकखण्डमा पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले त्यस भेगका झण्डै ६ हजार ५०० ठँला तथा चार हजारजति साना रुख काट्नुपर्ने देखिन्छ । परियोजनाले शुरुमा भारतीय सीमावर्ती बजार रक्सौलबाट पाइप ल्याउने भनिए पनि अहिले विस्तार भएर मोतिहारीसम्म पुगेकाले काम बढ्न गएको हो ।

भारतीय आयल कर्पोरेशनले मोतिहारी डिपोलाई पँर्णरुपले बनाई नसकिएकाले केही ढिलो भएको प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्