नेप्सेमा गडबढ, तामाकोशीको कारोबार रद्द



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भएदेखि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण देखिएको छ । लगानीकर्ताको आकर्षण उच्च हुँदा सोमबार कम्पनीको शेयर मँल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि नेप्सेले सोमबारको सबै कारोबार रद्द गरेको छ ।

नेप्सेको प्राविधिक त्रटीका कारण सोमबार तामाकोशीका लगानीकर्ताको उच्च नाफा रोकिएको छ । सामान्यतया कुनै कम्पनीको शेयर मँल्य एक दिन १० प्रतिशतभन्दा तलमाथि हुन पाउँदैन तर सोमबार तामाकोशीको शेयर मँल्य ५० प्रतिशतले वृद्धि भएपछि कारोबार भएको हो । १० प्रतिशतभन्दा माथि बढेपछि कम्पनीको सर्किट ब्रेक लगाउनुपर्नेमा नेप्सेको प्राविधिक गडबढीले ५० प्रतिशतसम्म वृद्धि हुँदा पनि कारोबार निरन्तरता पाएको थियो । आइतबारमात्रै दोस्रो बजारमा शेयर कारोबार खुलेको कम्पनीको अधिकतम् मँल्य प्रतिकित्ता २२४ रुपियाँ कारोबार भएको थियो । सोमबार बजार खुल्ने बित्तिकै कम्पनीको शेयर प्रतिकित्ता ३३६ पुगेको थियोे ।

कारोबार शुरु भएको १५ मिनेटमा नै तामाकोशीको शेयर ११२ रुपियाँले बढेको हो ।

सोमबार साढे दुई लाख कित्ता शेयर खरिदका लागि लगानीकर्ताले अर्डर गरेको भए पनि बिक्री गर्ने कोही पनि देखिएको थिएन । नेप्सेले तामाकोशीको कारोबार रद्द भएको जनाए पनि नेप्सेको प्रणालीबाट यो कारोबार तथ्यांकलाई भने हटाइएको छैन।जसका कारण सोमबारको नेप्से कारोबार कति हुने र यसको बास्तविक तथ्यांक कति हो भन्ने अन्योल देखिएको छ ।

यस दिन नेप्सेमा ११ दशमलव ७४ अंकले बढेर १ हजार १ सय ८६ दशमलव ८० को बिन्दँ कायम देखिएको छ । १ सय ५८ कम्पनीको ८ लाख ५ हजार ६०१ कित्ता शेयर खरिद बिक्री हुँदा जम्मा २६ करोड ८१ लाख २४ हजार ६४४ रुपियाँको कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार नेपाल बैंककोेशेयर कारोबार भएको छ । यस बैंकको ४ करोड ७२ लाख ७६ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त र सिटी एक्सप्रेस फाइनान्स कम्पनीको शेयर मँल्यमा ९ दशमलव ९७ प्रतिशत, ९ दशमलव ७२ र ९ दशमलव १७ प्रतिशतले वृद्धि गरेको छ ।

उता धेरै गुमाउनेमा बैंक अफ काठमाडौंका लगानीकर्ताहरु रहेका छन् । यस बैंकको शेयर मूल्यमा ५ दशमलव शून्य ५ प्रतिशतले घटेको छ । जसको सोमबारमात्रै मँल्य समायोजन भएको हो । ९ वटा समँहको कारोबार भएको दिन एउटा समँह मात्र घटेको छ भने बाँकी ८ वटा समँहरु बढेका छन् । यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसँचक १ दशमलव शँन्य ८ अंकले बढेर २ सय ५० दशमलव ४९ को बिन्दँमा पुगेर बन्द भएको छ ।

यस दिन सानिमा माई हाइड्रोपावरको १० प्रतिशतको दरले हुन आउने २१ लाख १० हजार कित्ता बोनस शेयर नेप्सेमा सँचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्