बैशाखभित्रै पाइपबाट तेल भित्राउने तयारी



कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा ग्यास सिलिन्डर पड्कदा एक दम्पत्ति घाइते भएका छन् । स्थानीय हिरा महतो धानुकको घरमा ग्यास सिलिण्डर पड्किँदा उनको छोरा ३५ वर्षीय जगनाथ महतो धानुक र बुहारी ३० वर्षीया सनिती देवि घाइते भएका हुन् ।

घाइते मध्ये सनितीको अवस्था गम्भीर छ । उनको घुाडादेखि मुखसम्म शरीरको अगाडिको भाग जलेको छ । वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा समान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने जगनाथको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमै उपचार भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्