दाह्री काट्नुअघि जान्नै पर्ने ७ कुरा



अहिले जाडो महिना छ । यो समयमा प्राय सबैले तातो पानीले नुहाउने चलन हुन्छ । अनि दाह्री काट्दा पानी तातो पानीले भिजाउने गरिन्छ । तर यसो गर्नु गलत हो । दाह्री र कपालका लागि भने चिसो पानी प्रयोग गर्नु राम्रो हुन्छ । तातो पानीले दाह्रीलाई असर गरिरहेको हुन्छ । तातो पानीले चिल्लो पदार्थ निकाल्ने हुँदा दाह्री झर्ने र कडापन बढी हुने समस्या आउँछ । तसर्थ दाह्री काट्ुदा ध्यान दिनुपर्ने कुराहरु तलका कुराहरुमा ध्यान दिनु अत्यान्तै जरुरी छ ।

१) दाह्री काट्नुअघि लामो समयसम्म दाह्रीलाई भिजाउने र छोप्ने चलन छ । तर यसो गर्नु पनि गलत हो । यसोगर्दा दाह्री र त्यहाँको छालका लागि नराम्रो हुन्छ । त्यसकारण दाह्री भिजाउनासाथ त्यसलाई सुक्खा बनाइहाल्नु राम्रो हुन्छ । धेरै बेर दाह्रीलाई भिजायो भने त्यो पानीले दारीलाई रुखो बनाउँछ ।

२) लामो दाह्रीलाई सफा राख्न धेरै उपाय अपनाइन्छ । नुहाउँने क्रममा वा सफा गर्ने क्रममा सेम्पुभन्दा कन्डिसनर प्रयोग गर्नु राम्रो हुन्छ । प्राय हप्तामा एकदेखि दुईपटकसम्म सेम्पो र तीनदेखि चारपटक कन्डिसनर लगाउनु राम्रो मानिन्छ ।

३) जसरी कपालमा तेल लगाउँछौँ, दाह्रीमा पनि नुहाएर थोरै तेल लगाउनु राम्रो हुन्छ ।

४) दाह्रीलाई सफा काइँयोले कोर्नुपर्छ, जसले यसलाई नरम बनाउन मद्दत गर्छ ।

५) धेरै मानिस दाह्री कोर्न लजाउँछन्, तर लजाउन हुँदैन ।

६) हजामकहाँ गएर दाह्री काट्दा उल्टो तरिकाले कहिल्यै पनि काट्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस्