खानी दुर्घटना



बेइजिंग,(एजेन्सी)
उत्तरी चीनको एउटा कोइला खानीमाथिको छाना खस्दा कम्तीमा त्यहाँ कार्यरत कम्तिमा एकाइसजना कामदारको मृत्यु भएको चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ । सान्सी प्रान्तको शेन्मु शहर नजिक रहेको सो खानीमा दुर्घटना भएको बताइएको छ ।

शनिवार भएको दुर्घटनापछि ६६ जना खानी कामदारको उद्दार भइसकेको छ । दुर्घटनाको समयमा ८७ जना कामदार खानी भित्र काम गरिरहेको बताइएको छ। दुर्घटनालाई मध्यनजर गर्दै कोइला उत्पादनका सर्तमा सुधार गर्ने र गैरकानुनी खानीहरु बन्द गर्ने प्रयासको बावजुद चीनमा अझैपनि धेरै खानी दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्