रामायण–बुद्धिष्ट सर्किट र सांस्कृतिक सम्बन्ध



-श्रीमननारायण
नेपाल र भारतबिच परम्परागत एवं बहुआयमिक सम्बन्ध रही आएको छ । दुई देशविचको परस्पर सम्बन्धलाई सुदृढ एवं प्रगाढ बनाउनमा सामाजिक एवं सांस्कृतिक सम्बन्धको ठुलो योगदान रहेको छ । यस अद्वितीय र अकाटय सम्बन्धलाई प्रगाढ बनाउनमा दुवै देशका सरकार, बुद्धिजिवी, धर्माचार्य, साहित्यकार कवि एवं कलाकारहरुले पनि आ–आफ्नो तर्पmबाट महत्वपूर्ण भुमिकाको निर्वाह गर्दै आएका छन् ।

संविधानतः दुवै देश धर्मनिरपेक्ष भए पनि यहाँको जीवन पद्धतीमा हिन्दु एवं बुद्ध धर्म संस्कृतिको गहिरो तथा व्यापक प्रभाव छ । दुई देश बीचको सम्बन्धलाई राजनिति र कुटनितिको सीमामा मात्रै राख्न सकिदैन । केही वर्ष यतादेखि नेपाल र भारतबिचको सांस्कृतिक महत्वका तीर्थस्थलहरुलाई आकर्षक बनाउन हिन्दू एवं बौद्ध धर्म–संस्कृतिसित जोडिएका महत्वपूर्ण तीर्थस्थलहरुलाई उच्च महत्व दिई आकर्षणको केन्द्र बनाउने प्रयासहरु थालिएका छन् । नेपाल र भारत सरकारले संयुक्तरुपमा रामायण तथा बुद्धिस्ट सर्किटको निर्माण गरी यसको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धार्मिक पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पशुपति–काशी’ र ‘जनकपुर–अयोध्यालाई’ जोड्ने राजमार्गको निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिसकेको छ । माता जानकी तथा मर्यादा पुरुषोत्तम श्रीरामको शुभ विवाहको पावन दिवस विवाह पन्चमीको अवसरमा अयोध्यावाट जन्तीको रुपमा सहभागी हुन् जनकपुरधाम आएका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर अयोध्या तथा काठमाण्डौ–बनारस बीच भगिनी सहर निर्र्माण सम्बन्धी सम्झौताले दुवै देशको पर्यटकीय विकासमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गरेका हुन् । ‘रामायण तथा बुद्धिष्ट सर्किट’ को निर्माणमा भारतको केन्द्र सरकार तथा उत्तर प्रदेश सरकारले जोड दिएको छ । जनकपुर र अयोध्याविचको दुरी घटाउन रामजानकी राजमार्गको निर्माण हुन लागेको छ ।

भारत सरकारको सहयोगमा उत्तरप्रदेश सरकारले चार लेनको यो रामजानकी राजमार्ग निर्माण सुरु गरेको छ । यसको निर्माण कार्य सम्पन्न भएपछि जनकपुर–‘अयोध्या’, ‘जनकपुर–लखनउ’ एवं ‘जनकपुर–नयाँ दिल्ली’ बीचको दुरी पनि कम समयमा नै पूरा गर्न सकिनेछ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीताबिना राम अधुरो रहे जस्तै जनकपुर र अयोध्याविच नङ र मासुको जस्तो सम्बन्ध रहेकाले यसलाई विश्वकै सर्वश्रेष्ठ संस्कृतिको उदाहरणको रुपमा लिन सकिने धारणा व्यक्त गरेका छन् ।

प्रस्तावित रामायण सर्किटमा त्रेतायुगमा राम र सीता पुगेका नेपाल, भारत र श्रीलंकाका धार्मिक स्थलहरुलाई एउटै मार्गले जोडने छ । त्यसमा नेपालको जनकपुर, भारतको सीतामढी, दरभङ्गा, बक्सर, चित्रकुट, नन्दीग्राम, महेन्द्रगिरी, जगदलपुर, भद्राचलम, टम्पी, नासिक, नागपुर र रामेश्वरमा रहेका हुन् । हाल श्रीलंकाको पर्यटकीय स्थललाई यसमा नजोडिएको भए पनि निकट भविष्यमै यसलाई पनि रामायण सर्किटमा जोडिने छ ।

त्यसै गरि बुदिष्ट सर्किटमा नेपालको लुम्बिीनी, कपिलवस्तु, देवदह, बोधगया, सारनाथ, कुसीनगर, बैशाली पर्दछ । भगवान गोतम बुद्धको जन्मस्थल नेपाल तथा ज्ञानप्रति भूमि एंव निर्माण प्राप्ति स्थल भारत रहेकोले बुद्धिष्ट सर्किटको निर्माण भएमा नेपाल र भारत दुवै देशमा पर्यटकहरु आकर्षित हुनेछन् । गौतम बुद्धका सम्पूर्ण अवशेषहरु, उनका पदचिन्हहरु, उनका भिक्षुद्धारा निर्मित स्तुपहरु एलोरा जस्ता अवर्णनीय शिल्प यहाँ छन् तर पनि नेपाल र भारतमा बौद्ध धर्म संस्कृतिको जति विस्तार एवं प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन सकेको छैन ।

हिन्दू एवं बौद्ध धर्म–संस्कृतिसित जोडिएका महत्वपूर्ण तीर्थस्थलहरुलाई उच्च महत्व दिई आकर्षणको केन्द्र बनाउने प्रयासहरु थालिएका छन् । नेपाल र भारत सरकारले संयुक्तरुपमा रामायण तथा बुद्धिस्ट सर्किटको निर्माण गरी यसको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धार्मिक पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

बुद्धको जन्मभूमि, कर्मभूमि एवं निर्वाण प्राप्ति भूमिसंग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु पूरै विश्वको निम्ति पर्यटकीय आकर्षणको निम्ति उपयोेगी सावित हुन् सक्दछु । पर्यटनको क्षेत्रको सूचना, भौतिक पूर्वाधारको विकास तथा विस्तारमा सहकार्य गर्र्दै दुवै देशका धेरै नागरिकको आस्थासंग जोडिएको क्षेत्रमा पर्यटनसंग सम्बन्धित कार्यक्रम र गतिविधि बढाउन दुवै देशविच भएका १४ वूँदे सहमतिलाई कोशीढुङ्गोको रुपमा लिन सकिन्छ । सहमतिमा पर्यटन प्रबद्र्धनका लागि दीर्घकालीन लक्ष्यका साथ योजनाबद्ध तवरले अगाडी बढने कुरा उल्लेख छ ।

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्व छन् , जसमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटनाको रुपमा लिन सकिन्छ । सरकारहरुको सञ्चालनको आफ्नै तरिका र परिस्थितीको बाध्यात्मक अवस्थाबाट भईरहेको हुन्छ तर दुई देशबीच सांस्कृतिक यति प्रगाढ एवं अक्षितिय छ कि यसको बराबरी विश्वका अन्य कुनै पनि दुई देशबिचको सम्बन्धले गर्न सक्दैन । नेपाल–भारत र एक अर्कासित अध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रुपमा अनन्य भावले जोडिएका हुन् । राजनीतिक रुपले नेपाल भारत दुई पृथक सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र एकै अलग अलग अस्तित्वका देश हुन् तर सामाजिक, सांस्कृतिक एवं धार्मिक रुपले यी दुई राष्ट्र एक–अर्काका निम्ति अभिन्न हुन् । चार धाम पवित्र तीर्थस्थलहरु, देवी–देवता, पूजन पद्यति, कर्मकाण्डीय मान्यता र संस्कार, ऋषिमुनिहरु, चार वेद अठार पुराण, गीता, महाभारत, रामायण आदी धर्मशास्त्रहरु साझा र एउटै हुन् ।

नेपाल र भारतका आर्यहरु एउटै ऋषिका बंशज हुन् । तसर्थ हाम्रा गोत्र पनि एउटै हुन् । तीन देवता, ब्रम्हा, विष्णु र महेश त्यसै गरी तीन शक्तिहरु महाकाली, महालक्ष्मी र महासरस्वतीलाई हामी सम्मान रुपले पूजा गर्दछौ । पशुपंक्षी, जङगम सबैमा ईश्वरको अशं हेर्ने हाम्रो साझा मान्यता रही आएको छ । देवकर्म होस अथवा पितृकर्म हामीले त्यसको आरम्भ गर्दा लिने सङ्कल्प तथा सम्पूर्ण पूजन कार्यको शब्द र भाषाहरु संस्कृतकै हुने गर्दछ । हिमालय र गङ्गा प्रतिको हाम्रो अटुट मान्यता एवं आस्थाले हाम्रो सम्बन्धलाई झन झन प्रगाढ बनाई दिएको छ ।

नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बााध्न सक्दैनौ किनभने वैििदक ज्ञानको अस्तित्वलाई हामी आपूmसंगै सुन्दै र बुझदै आएका छौ । धर्म, आध्यात्म र सांस्कृतिक समानताले दुवै देशलाई एक अर्कासित आन्तरिक रुपमा यसरी बाँधिदिएको छ कि दुवै देश पृथक भएर पनि अभिन्न हुन् । नेपाल सित भारतको सम्बन्ध त्यति नै प्राचीन छ जति प्राचीन यसको सांस्कृतिक चेतना छ । नेपाल र भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका सम्बाहक ह्ुन् । हिमालय हामी दुवैको निम्ति आत्म साधनको स्थल रही आएको छ । अनन्तकालदेखि नै हिमालयका महान शिखरहरुले हामीलाई आध्यात्मिक शान्ति प्रदान गर्दै आएको छ ।

सामाजिक रीतिरिवाज, खानपान, रहनसहन, भेषभूषा र बोलचालको भाषा पनि करिब–करिब एक जस्तै रहेको पाईन्छ । जसरी भारतका जनता धार्मिक रुपलपे उदार एवं सहिष्णु हुन् । त्यसरी नै नेपालीहरु प्नि हु्न् । एउटा भारतीयको निम्ति नेपाल र एउटा नेपालीको निम्ति भारतीय भूमिमा जे जस्तो किसिमको अपनत्वको अनुभूति त्यति अन्य कतै हुन सक्दैन । सस्तो एवं सुलभ शिक्षा तथा स्वास्थय उपचारको निम्ति भारतीय शहरहरु हामी नेपालीको निम्ति सहयाृगी सावित भई आएको हु । हुनत अब हाम्रो देश नेपालमा पनि शिक्षा र स्वास्थयको क्षेत्रमा धेरै नै प्रगति भएको छ तथा स्वास्थय उपचार सस्तो र स्तरिय पनि छन् तथापि भारतीय शहरहरु पनि हाम्रो निम्ति उपयोगी नै सावित भईराखेका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाल सरकारको साझा परिकल्पनाको रुपमा रहेको रामायण सर्किट एवं बुद्धिष्ट सर्किटको निर्माण भएमा यसबाट नेपाललाई बढी लाभ हुनेछ । नेपाल सरकारले सन् ‘२०२० लाई नेपाल भ्रमण वर्ष’को रुपमा मनाउने तैयारी गरिरहेको छ यस्तो अवस्थामा बढी भन्दा बढी विदेशी पर्यटकहरुलाई भि त्रयाउन धेरै परिश्रम गर्नृ पर्नेछ ।

संभवत् विगत सात दशक पूरानो हाम्रो कूटनीतिक सम्बन्धको इतिहासमा सबै भन्दा बढी नेपाल भ्रमण गर्ने प्रधानमन्त्री नरेन्द्र मोदी नै हुनुहुन्छ । उनले नेपाल भ्रमण तथा नेपालको धार्मिक तिर्थस्थलहरुको भ्रमणले भारतको हजारौ पर्यटकहरुलाइई नेपाल आउन प्रेरित गर्ने निश्चित छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणले यसमा थप मदत गर्नेछ । ‘रामायण र बुद्धिष्ट सर्किट’ हाम्रो पर्यटन क्षेत्रको विकासमा कोशेढुङ्गा सावित हुन सक्दछ । सीतारामलाई एक–अर्कासित अलग पार्न नेपाल र भारतलाई एक–अर्कासित अलग अलग्याउन सकिदैन किनभने यो सरकारद्धारा निर्मित नभई प्रकृतिप्रदत ईश्वरीय सम्बन्ध हो ।

 

प्रतिक्रिया दिनुहोस्